३० जेष्ठ २०८३, शनिबार

एमाले कैलाली जिल्ला अधिवेशन : यज्ञराज ढुंगानाको अध्यक्षमा सशक्त दावेदारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ फागुन । नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदैछ। उक्त अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ।

अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भैसकेको हुनाले पदाधिकारीका आकांक्षीहरु आफ्नो उम्मेदवारी घोषणाको तयारीमा रहेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले अब चुनिएर आएका प्रतिनिधिहरुलाई आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।

अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गर्नुभएका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगानाको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुने गरेको छ। गत २७ गते प्रतिनिधि छनौटमा पार्टीभित्रकै एकथरीले रोक्ने कोसिस गरेका थिए तर निर्वाचनको पनि सामना गरि उहाँ त्यो समुहलाई नै पराजित गरि अत्याधिक मतका साथ प्रतिनिधिमा चयन हुनुभएको छ।

प्रतिनिधि आउनमै रोक्न गरिएका सबै हतकण्डाहरु विफल बनाइ सर्वाधिक मत सहित प्रतिनिधि चयन भएपछि ढुंगानालाई प्रतिनिधिमै रोक्न खोज्नेबीच तरंग उत्पन्न भएको छ। भुगोलमा कार्यकर्तामाझ अत्यन्त लोकप्रिय ढुंगानाका पक्षमा ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरु रहेको जिल्लाका अगुवा नेताहरुले बताउन थालेका छन् ।

राजनीतिसंगै व्यवसायमा पनि रहेका ढुंगाना सामाजिक कामहरुमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । उहाँ धनगढीमा अवस्थित नवजीवन हस्पिटलका अध्यक्ष हुनुहुन्छ। उहाँले हस्पिटलमार्फत जनताहरुको सेवापनि गर्ने गर्गनुभएको छ। नम्र स्वभाव,पारदर्शी व्यवहार र परिपक्वता उहाँका प्रमुख विशेषता हुन् ।

आफ्नो जिम्मेवारी र भुमिकालाई कुशलताका साथ निभाउन सक्ने क्षमता ढुंगानामा छ। वर्तमान कैलाली जिल्लाका पदाधिकारीले पार्टीलाई कमजोर बनाएको समयमा उनलाई पार्टी निर्माणको नयाँ विकल्पको रुपमा उभ्याउन खोजिएको छ। आगामी अधिवेशनबाट ढुंगानालाई सर्वसम्मत नेतृत्वका रुपमा अघि सारिने र त्यो सम्भव नदेखिए निर्वाचन प्रक्रियामार्फत भएपनि नेतृत्वमा ल्याई छाड्ने अधिकांश प्रतिनिधिहरुको इच्छा रहेको एमाले कैलालीका नेताहरु बताउँछन् ।