२४ जेष्ठ २०८३, आइतबार

डलरसहित युरो र पाउण्डको भाउ पनि घट्यो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

आज अमेरिकी डलरको भाउसहित युरो र पाउण्डको भाउ पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ५१ पैसा र बिक्री दर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०५ पैसाले घटेको हो ।

सोमबार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ५६ पैसा र बिक्री दर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो।

मंगलबार युरोपियन युरोको एकको खरिद दर १४२ रूपैयाँ ७१ पैसा र बिक्री दर १४३ रूपैयाँ ३६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले घटेको हो । सोमबार यसको खरिद दर १४२ रूपैयाँ ९५ पैसा र बिक्री दर १४३ रूपैयाँ ६० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २१ पैसाले घटेर एकको खरिद दर १६७ रूपैयाँ १९ पैसा र बिक्री दर १६७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ । सोमबार भने यसको खरिद दर १६७ रूपैयाँ ३९ पैसा र बिक्री दर १६८ रूपैयाँ १५ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ४० पैसा र बिक्री दर ८६ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३४ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर मंगलबार २७ रूपैयाँ ८१ पैसा र बिक्री दर २७ रूपैयाँ ९३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ ४२ पैसा र बिक्री दर ४३२ रूपैयाँ ३७ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ५१ पैसा र बिक्री दर ३५३ रूपैयाँ १० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।