
रुकुम पश्चिम, १ फागुन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका राडी बजारस्थित प्रभु बैंकको शाखा कार्यालयबाट करिब डेढ करोड रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बैंकका अप्रेसन इन्चार्ज निराजन शाह (निरविक्रम शाह)ले एक करोड ३५ लाख रकम ठगी गरेर फरार हुनुभएको हो ।
बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् ।
बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा भने एक करोड ३५ लाख रकम अपचलन भएको बैंकले नै जानकारी दिएको छ ।
थप अनुसन्धानका लागि बैंकको केन्द्रीय टोलीसमेत आउन लागेको बताइएको छ ।








प्रतिक्रिया