८ असार २०८३, सोमबार

रिलायबल नेपाल लाइफको सातौं बार्षिक साधारणसभा सम्पन्न

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लाभांश पारित, सो अनुरुप पुँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयर शेयरधनीहरुको तर्फबाट डा. भिष्म कार्की र दिवेश लोहनी सञ्चालक निर्वाचित हुनुभएको छ ।

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड पूरा भएको छ ।