२८ असार २०८३, आइतबार

झापामा पहिलोपटक जनवादी गीति कार्यक्रम आयोजना हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । झापामा पहिलोपटक वृहत जनवादी गीति कार्यक्रमको आयोजना हुने भएको छ ।

सहिद प्रजापति स्मृति प्रतिष्ठान झापाले जनवादी गायक राजन राईको साथमा जनवादी गीति कार्यक्रम आयोजना गर्न लागेको हो । फागुन २१ गते आयोजना गरिने कार्यक्रममा गायिका मधु गुरुङ र अन्य स्थानीय कलाकारहरुको सहभागिता रहनेछ ।

जनवादी गीत संगीतको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने, प्रजापति सापकोटालाई सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको संरक्षण, दिगो विकास गर्ने, संस्थामा आवश्यक भौतिक व्यवस्थाको प्रबन्ध गर्ने जस्ता उद्देश्य कार्यक्रमको रहेको अध्यक्ष चिलोचन सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध गाइएका सदावहार जनवादी गीतहरु प्रस्तुत गरिनेछ । त्यस्तै, प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गरिने र प्रतिष्ठानको साधारण सदस्य, आजिवन सदस्य, मानार्थ सदस्यको सदस्यताहरु वितरण गरिने आयोजकले जानकारी दिएको छ ।