२० असार २०८३, शनिबार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले आज साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो। मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र सार्वजनिक गर्नुपर्ने नीति रहेको छ। सोहीबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको हो।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन स्थिर आधारभूत मूल्यमा गत आवको यही अवधिको तुलनामा तीन दशमलव प्रतिशतले वृद्धि हुने अनुमान छ । चालु आव २०८०/८१ को पहिलो छ महिनामा देशको प्रमुख बाली धानको उत्पादन चार प्रतिशतले बढेको छभने गत आर्थिक वर्षको यसै अवधिमा छ दशमलव नौ प्रतिशतले बढेको थियो ।

चालू आवमा बैंकिङ क्षेत्रमा देखिएको तरलतामा सुधार, घट्दो ब्याजदर, शोधनान्तर स्थितिमा सुधार, वैदेशिक लगानी प्रतिबद्धतामा भएको वृद्धिले औद्योगिक क्षेत्रको सञ्चालनमा सकारात्मक प्रभाव परेको छ । आव २०८०/८१ को पुस महिनासम्ममा पाँच लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत आवको यसै अवधिमा यो सङ्ख्या तीन लाख ८४ हजार मात्र थियो ।