९ असार २०८३, मंगलबार

मेनुका पौडेललाई राष्ट्रपति पौडेलद्वारा सम्मान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । इन्डियन आइडल टप टेनबाट बाहिरिनुभएकी नेपाली गायिका मेनुका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गर्नुभएको छ ।

आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा मेनुकालाई राष्ट्रपतिले सम्मान गर्नुभएको हो ।

मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको भन्दै राष्ट्रपतिले प्रशंसासमेत गर्नुभयो ।