२० असार २०८३, शनिबार

तत्काल आर्थिक अपराध नियन्त्रण जरुरी : मन्त्री गुरुङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सही दिशा दिन नसक्ने बताउनु भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘आर्थिक अपराध नियन्त्रण नेपालमा प्रमुख चासोको रुपमा रहदै आएको छ । गम्भीर प्रकृतिका सिमापार आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सही ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैलाई महसुस भएको छ । सबै मिलेर यस्ता अपराधविरुद्ध लड्नआवश्यक छ । यसका लागि राज्यको कठोर नीति तथा कानून आवश्यक छ ।’

नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तिय कानूनको समेतमा आवश्यकता रहने उहाँको भनाई थियो । राष्ट्रिय सभामा प्रस्तुत गरिएको सम्पति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकले हुन्डी क्रिप्टो करेन्सी, मानव तस्करी, आतंककारी जस्ता कार्यलाई कसुर कायम गर्नेगरि प्रस्ताव गरेको बताउँदै छानविन गर्दा राज्यको राजस्व छली गरे नगरेको थाहा हुने बताउनुभयो ।