१४ असार २०८३, आइतबार

शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशतले बढेर खुद नाफ २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

गत वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।

पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ ।