११ असार २०८३, बिहिबार

बालकसहित अशक्त महिलाको उद्धार, परिवारद्वारा जिम्मेवारी लिन अस्विकार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ माघ । शुक्रबार बालकसहित एक महिलाको उद्धार गरिएको छ ।

हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमले १५ महिने बालकसहित अन्दाजी ३५ वर्षीया सत्यदेवी श्रेष्ठको उद्धार गरेको हो ।

मानसिक र शारिरीक रूपमा अशक्त रहेको अवस्थामा श्रेष्ठको उद्धार गरिएको मानवसेवा आश्रमकी अभियान्ता इशा थापाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालको समन्वयमा उद्धार गरिएकी श्रेष्ठ सार्वजनिक स्थलमा छोरालाई काखमा च्यापेर कष्टपूर्ण जीवन बिताउँदै आइरहनुभएको थियो ।

गत माघ २२ गते एक व्यक्तिले बालकसहित ती महिललाई हेटौंडा अस्पतालमा भर्ना गरेका थिए । ती व्यक्ति पनि सम्पर्कमा नआएपछि अस्पतालले आश्रमको जिम्मा लगाएको हो ।

ती महिलाको परिवार अहिले सम्पर्कमा आइसकेको बताएको छ । श्रेष्ठको घर धादिङ र माइती मकवानपुरगढी गाउँपालिका सामरी, सिमल्टार रहेको पाइएको छ ।

परिवारले भने को जिम्मेवारी लिन अस्विकार गरिरहेको थापाले जानकारी दिनुभयो ।

मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले माइतीमा सम्पर्क गर्दा माइतीले जिम्मा लिन अस्वीकार गरिरहेको बताउनुभयो । श्रीमान‍्को खोजी गरी जिम्मा लगाउन माइतीले आग्रह गरिरहेको उहाँले बताउनुभयो । महिलाका श्रीमान‍्लाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको पौडेलको भनाइ छ ।