२० जेष्ठ २०८३, बुधबार

जेसीबीको ठक्करबाट वृद्धको मृत्यु

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ माघ । जेसीबीको ठक्करबाट प्युठानमा एक जनाको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिकामा जेसीबीले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको हो ।

रा१क ७७३ नम्बरको गाउँपालिकाकै जेसीबीले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय ठगबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले बताउनुभयो ।

सडकमा सुतेका वृद्धलाई गाउँपालिकाको वडा नम्बर १ स्थित पिपलडाँडादेखि गणेशमावी जोड्ने सडक सफा गर्ने क्रममा जेसीबीले ठक्कर दिएको खनालको भनाइ छ ।