७ श्रावण २०८३, बिहिबार

जेसीबीले ठक्कर दिँदा एकजनाको मृत्यु

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बटवल, २८ माघ । जेसीबीको ठक्करबाट प्युठानमा एक जनाको निधन भएको छ। माण्डवी गाउँपालिकामा जेसीबीले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको हो।

रा१क ७७३ नम्बरको गाउँपालिकाकै जेसीबीले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय ठगबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले बताउनुभयो ।

सडकमा सुतेका वृद्धलाई गाउँपालिकाको वडा नम्बर-१ स्थित पिपलडाँडादेखि गणेशमावी जोड्ने सडक सफा गर्ने क्रममा जेसीबीले ठक्कर दिएको खनालको भनाइ छ।