१० असार २०८३, बुधबार

विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताउनुभएको छ ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले पहिला–पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४’को नतिजाअनुसार त्रिभुवन विश्वविद्यालय १५ सय युनिभर्सिटीमध्ये १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताउनुभएको हो ।

उहाँदे भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालय अहिलेको टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४ को नतिजाअनसार १५ सय युनिभर्सिटी छान्दा १२०१ मा पर्दोरहेछ । यो त्यति राम्रो र्‍यांकिङ होईन् । पहिला पहिला यसको र्‍यांकिङ राम्रो थियो भनिन्छ । विश्वको मानचित्रमा हाम्रो र्‍यांकिङ खस्किदै गएको छ ।’

उहाँले विश्वविद्यालयप्रतिको भरोसा पनि दिनप्रतिदिन टुट्दै गएको भन्दै उपकूलपतिका लागि राम्रा व्यक्तिको निवेदन नपरेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उपकूलपतिमा मेरिट्सका आधारमा नियुक्त गर्ने भनेपनि टेस्टेड फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउन लागेको भन्दै भन्दै उहाँले भन्नुभयो, ‘राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दा टेस्टेड फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउनका लागि छानेको हो?’