१४ असार २०८३, आइतबार

युवकको हत्या आरोपमा प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । प्रहरीले युवकको हत्या आरोपमा एकजना नेपाल प्रहरीका सहायक हवल्दारसहित दुईजनलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको हत्या आरोपमा कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ पर्नुभएको हो ।

रानाको शव गत असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो । रानाका परिवारले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिनु भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।