
मलेसिया, २८ माघ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउनुभएका मेघराज ओलीको परिवारलाई सहयोग घोषणा गरेको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराईको आतिथ्यतामा मलेसियामा भएको कार्यक्रममा मञ्चको अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष प्रवासी नेपाली अध्यक्ष सञ्जय थापाले परिवारलाई मल्हम लगाउन सहयोग घोषणा गरिएको जानकारी दिनुभयो।
सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ का स्थायी वासिन्दा ओलीको इपोबेरामा कार्यरत रहँदा मृत्यु भएको हो । उहाँको रेलको ठक्करबाट निधन भएको बताइएको छ । तर, रेलको लिकभन्दा केही पर झाडीमा ओलीको शव भेटिएको थियो ।
मृतक ओली १५ महिना अघि मात्र मलेसिया आउनुभएको जानकारी प्राप्त भएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले बताउनुभयो ।








प्रतिक्रिया