२८ जेष्ठ २०८३, बिहिबार

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाही, ७९ करोड ७१ लाख राजस्व संकलन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय, बसरमिनिबसबाट नौ करोड २० लाख पाँच, काररजिपरभ्यानबाट रु १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय रुपैयाँ राजस्व संकलन भएको हो ।

राजस्व रकममध्ये सबै भन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्यांकमा उल्लेख छ। मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले बताउनुभयो ।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रकरट्याङकर एक लाख ७० हजार ८४२ वटा, बस/मिनिबस एक लाख नौ हजार ३७७, कार/जिप/भ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन्। कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कले देखाएको छ।