
डोटी, २७ माघ । डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ । उनको शुक्रबार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।












प्रतिक्रिया