३० जेष्ठ २०८३, शनिबार

घरको छतबाट खसेर ८ वर्षीय बालक घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बझाङ, २७ माघ । बझाङमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–२ मुगला घर भई जयपृथ्बी नगरपालिका–९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षीय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन् ।

शनिबार दिउँसो ३ बजेतिर घरको छतमा खेल्ने क्रममा भुइमा खसेका कडाएतको आखाँ, मुख, छाति र टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।

प्रहरी निरीक्षक चौधरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ ।

घाइते बालकलाई जिल्ला अस्पताल बझाङले बाहिर रेफर गरिएको जनाएको छ ।