बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

गरिबलाई परिचयपत्र वितरण गरिँदै

दैनिक नेपाल २०८० माघ २७ गते ११:४९

चितवन, २७ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो “गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ ।”

भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उहाँले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित