६ असार २०८३, शनिबार

एमाले महोत्तरीको जिल्ला अध्यक्षमा बलिराम यादव विजयी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, २७ माघ । नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलिराम यादव विजयी हुनुभएको छ ।

१३ वर्ष पश्चात भएको एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनमा नेतृत्व चयन सहमतिमा हुन नसकेपछि मतदान भएको थियो ।

मतदान पश्चात शनिबार बिहान सार्वजनिक गरिएको मतगणना परिणाम अनुसार अध्यक्षमा यादवले २५९ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंंहले १५५ मत ल्याएको निर्वाचन अधिकृत उद्धवबहादुर क्षेत्रीले बताउनुभयो ।

यसैगरी उपाध्यक्षमा अम्बिका प्रसाद गौतम २३७ , सचिवमा सम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुसवाहा २४२ मत ल्याएर विजय हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वीहरु उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याउनुभयो ।