२४ असार २०८३, बुधबार

डीआइजी चन्दको प्रदेश समन्वय विभागमा सरूवा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्दको सरूवा भएको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डिआइजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गर्नुभएको हो ।

माघ १२ गते विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटाकुट भएपछि असन्तुष्ट बन्नुभएका चन्दले राजीनामा दिनुभएको थियो । तर आईजीपी लगाएको सक्रियतामा उहाँको राजीनामा फिर्ता गराइएको थियो ।

राजीनामा फिर्ता गराएर उहाँलाई प्रदेश समन्वय विभागमा सरूवा गरिएको हो ।