
काठमाडौं, २६ माघ । नेकपा (एमाले) रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छ।
एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा रौतहटको गरुडामा नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको हो ।
नेताहरूले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेको भए पनि सर्वसम्मत नेतृत्व चयन नहुने आकलन गरिएको छ। नेकपा एमाले रौतहटको अध्यक्षको आकांक्षीमा अखिलेश चौधरी, रुपेश पटेल, सचिलानन्द शाहले शाह रहनुभएको छ ।
आज दिनभर सर्वसम्मत नेतृत्वको चयन गरिने र सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा भोलि बिहानबाट रौतहटको गरुडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयनको प्रयास गरिने एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया