१७ असार २०८३, बुधबार

भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । काठमाडौंमा भ्यानबाट खसेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

ड्यूटी सकेर कोठामा फर्किँने क्रममा प्रहरीको भ्यानबाट खसेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो ।

गएराति ११:१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो। सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।