२२ जेष्ठ २०८३, शुक्रबार

कोशी प्रदेश सरकारमा थपिँदै मन्त्रीहरू, को-को बन्दैछन् मन्त्री ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ माघ । कोशी प्रदेश सरकारमा आज नयाँ मन्त्रीहरु थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरु थपेर सरकार विस्तार गरिन लागेको हो । सरकारमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रुपमा सहभागी हुने जनाइएको छ ।

माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रुपमा सरकारमा सहभागी हुनुहुन्छ । सुनुवारले स्वास्थ तथा खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी पाउनुहुने जनाइएको छ ।

थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री, माओवादीका मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकासमन्त्री बन्ने भएको स्रोतले बताएको छ ।

सरकारमा थपिने मन्त्रीहरुलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ । नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको कोशी सरकारमा हाल कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ ।