१७ असार २०८३, बुधबार

एकैदिन रोकियो चार बालविवाह

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ माघ । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो ।मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा-३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।

मकवानपुरगढी गाउँपालिका-२ की १८ वर्षीया र हेटौंडा-१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिनुभयो । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उहाँले बताउनुभयो ।

१३, १४, १५ र १८ वर्षीय बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिनुभयो । जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् ।

कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गरेका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीको भनाइ छ । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँले बताउनुभयो । अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहु“दा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उहाँको धारणा छ ।

जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकासस“गै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ । आव २०७९/०८० मा कैलाश गाउ“पालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ । जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन् । राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन् ।

मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् । मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन् । बिकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हुँदा कम तथ्यांक आएको उहाँले बताउनुभयो ।