१७ असार २०८३, बुधबार

सोनाम ल्होछारको अवसरमा मकवानपुरको पालिकाहरुमा आजबाट ३ दिन सार्वजनिक विदा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २६ माघ । माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछारको अवसरमा मकवानपुरको स्थानीय तहरुले आजबाट तीन दिन सार्वजनिक विदा दिएको छ ।

तामाङ समुदायको बाहुल्य रहेको जिल्लाको राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकाले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ल्होछारको अवसरमा आजबाट तीन दिन विदा दिएको हो ।

सोनाम ल्होछारको अवसरमा आज माघ २६ गते देखि २८ गतेसम्म सार्वजनिक विदाको अवधिमा गाउँपालिका मातहतका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरू बन्द रहने सूचना जारी गर्दै गाउँपालिकाले जनाएको छ ।