१५ असार २०८३, सोमबार

माओवादीको स्थायी कमिटी बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ ।

बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिनुभएको छ ।

बैठकमा विधान मस्यौदाबारे छलफल हुने बताइएको छ । पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १, २ र ३ गते विधान अधिवेशन गर्ने निर्णय भएको थियो।

विधान संशोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संशोधन गर्ने प्रस्ताव गरेको थियो । ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको थियो । सोही सुझावबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो ।

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।