२९ असार २०८३, सोमबार

सानिमा जीआईसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सानिमा जीआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ । कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको कम्पनीले जनाएको हो । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सानिमा जीआईसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो । यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ ।