२२ असार २०८३, सोमबार

नेपाल प्रहरीमा १ हजार ९५० जनाका लागि भर्ना खुल्यो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेपाल प्रहरीले एक हजार ९ सय ५० जनाका लागि भर्ना खोलेको छ ।

शुक्रबार एक सूचना जारी गर्दे नेपाल प्रहरीले १ हजार ८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आव्हान गरेको हो ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने सूचनामा उल्लेख छ ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ ।

जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त बुझाउन सकिन्छ ।