५ असार २०८३, शुक्रबार

अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४४ पैसा र बिक्री दर १३३ रूपैयाँ ०४ पैसामा कारोबार भएको छ । यो मूल्य बिहिबारको तुलनामा ०२ पैसाले घटेको हो । बिहिबार यसको खरिद दर १३२ रूपैयाँ ४६ पैसा र बिक्री दर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको थियो ।

शुक्रबार युरोपियन युरोको एकको खरिद दर १४२ रूपैयाँ ५५ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले घटेको हो । अघिल्लो दिन यसको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने ४२ पैसाले घटेर एकको खरिद दर १६६ रूपैयाँ ८९ पैसा र बिक्री दर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको छ । बिहीबार यसको खरिद दर १६७ रूपैयाँ ३२ पैसा र बिक्री दर १६८ रूपैयाँ ०७ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ०१ पैसा र बिक्री दर ८६ रूपैयाँ ४० पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर शुक्रबार २७ रूपैयाँ ७७ पैसा र बिक्री दर २७ रूपैयाँ ८९ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिद दर ४२९ रूपैयाँ ९३ पैसा र बिक्री दर ४३१ रूपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।