१८ असार २०८३, बिहिबार

सर्वोच्चको फैसला विपरित रोल्पाको दुई पालिकामा सार्वजनिक विदा

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । रोल्पाको दुई स्थानीय तहले सर्वोच्च अदालतको फैसला विपरित फागुन १ गते जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक विदा दिएको छ ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसमा विदा दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको निर्णय खारेज गरेको थियो । तर रोल्पाको रोल्पा नगरपालिका र माडी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय हो ।

 यी दुवै पालिकामा गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जितेको थियो ।