१७ असार २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २६ माघ । उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।

बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१३ असारीमा प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका–११ पुरानो पेट्रोलपम्पका २२ वर्षीय किरण कटुवालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक कटुवालसँगै मोटरसाइकलपछाडि सवार त्रियुगा–१० बाँसबारीका २१ वर्षीय सुनील दाहाल घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।