७ असार २०८३, आइतबार

अब पालिकामा हुलाक एउटा मात्रै, एक हजार ६ सय ३६ दरबन्दी खारेज

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । एक पालिका एक हुलाक कार्यालय कार्वान्वयन गर्दै सरकारले एक हजार ६ सय ३६ दरबन्दी खारेज गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिष्दको बैठकले हुलाक विभागअन्तर्गतका धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ ।

सरकारले एउटा पालिकामा एउटामात्रै हुलाक कायम गर्नेगरि संरचना परिवर्तन गर्ने समेत निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो ।

सरकारले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

प्रवक्ता रेखा शर्माका अनुसारसरकारले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण पहिलो संशोधन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।