
काठमाडौं, २५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब चुनाव जित्न नसक्ने बताउनु भएको छ ।
अध्यक्ष ओलीले नेपालप्रति उहाँकै गृहजिल्ला रौतहटमा पुगेर कटाक्ष गर्नुभएको हो । नेपाल अहिले गठबन्धन भन्दै हिँड्नु भएको भन्दै अध्यक्ष ओलीले गठबन्धनबाट धोका पाएपछि बल्ल होस् खुल्ने भन्दै टिप्पणी गर्नुभएको हो ।
ओलीले भन्नुभयो, ‘यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् । तीनले त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अहिले पनि तीनको पार्टी राष्ट्रिय पार्टी छैन । अहिले स्वतन्त्र सांसदको हैसियतमा छन् । अर्कोपटक त्यो हैसियत समाप्त हुन्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । कुनै कारणले जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’
नेपालले आफैंले बनाएको विशाल पार्टी दुई तिहाइ पुगेपछि पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने काम गर्नुभएको उहाँले आरोप लगाउनुभयो ।








प्रतिक्रिया