२१ जेष्ठ २०८३, बिहिबार

टीकापुरको जग्गा हिनामिना प्रकरणमा २४९ जनाविरुद्ध मुद्दा दायर

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हिनामिना गरेको आरोपमा २४९ जनाविरूद्व मुद्वा दायर भएको छ ।

अख्यितार दुरूपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा जग्गा हिनामिना भएको अख्तियारले विषय अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, सदस्य एवम् कर्मचारीको संलग्नतामा घडेरी आफन्त लगायतको नाममा लगेको आरोप छ।