३१ जेष्ठ २०८३, आइतबार

बलात्कार आरोपमा तीनजना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । भोजपुर, झापा र भक्तपुरबाट बलात्कार आरोपमा तीनजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको षडानन्द नगरपालिका-१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई पुस ७ गते दिउँसो सोही नगरपालिका-१ स्थित सार्वजनिक चप्लेटी ढुङ्गामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको कन्काई नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ५५ वर्षीय लोक बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले पक्राउ गरेको छ ।

लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।