२१ जेष्ठ २०८३, बिहिबार

सामुदायिक लघुवित्त नोक्सानमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । सामुदायिक लघुवित्तले करिब ४ करोड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानी व्यहोरेको छ । लघुवित्तलाई ३ करोड ९९ लाख ८९ हजार रुपैयाँको घाटा भएको छ ।

गत वर्ष पनि यस लघुवित्तले नोक्सानी व्यहोर्नु परेको थियो । जसअनुसार अघिल्लो वर्षको यसैअवधिमा यसको नोक्सानी ३१ लाख ७२ हजार रुपैयाँ थियो ।

यसैगरी सामुदायिक लघुवित्तको खराब कर्जा चुलिँदा यसको नोक्सानी अनुपात थप बढेको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा पनि नाफामा असर परेको हो ।

खुद ब्याज आम्दानी १९.०५ ले घटेर ३ करोड ४१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा यसले १९ करोड २५ लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ । गत वर्ष ९.०४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १४.६५ प्रतिशत पुगेको छ ।

प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ०८ पैसा ऋणात्मक छ । चुक्ता पुँजी १४ करोड ५२ लाख रुपैयाँ छ ।