
हेटौंडा, २५ माघ । हेटौंडाका उदिम पन्तले लेख्नुभएको ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक सार्वजनिक गरिएको छ ।
हेटौंडामा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो । प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहसम्म अध्ययनरत सबैका लागि उपयोगी हुने दाबी गरिएको छ ।
पुस्तक विमोचन गर्दै वक्ता डा. सीताराम खनालले संस्कृत व्याकरण वेदको मुख भएको बताउनुभयो । वेदको प्रमुख अंगको रूपमा रहेको संस्कृतलाई सरल भाषामा प्रकाशित गरेकोमा लेखकप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार हयग्रीव आचार्यले पुस्तकको समीक्षा गर्नुभएको थियो ।









प्रतिक्रिया