
काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४६ पैसा र बिक्री दर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको छ । यो मूल्य बुधबारको तुलनामा १४ पैसाले घटेको हो । बुधबार यसको खरिद दर १३२ रूपैयाँ ६० पैसा र बिक्री दर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको थियो ।
बिहिबार युरोपियन युरोको एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो । यसअघि बुधबार युरोको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६७ रूपैयाँ ३२ पैसा र बिक्री दर १६८ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ४८ पैसा र बिक्री दर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३३ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बिहिबार २७ रूपैयाँ ८२ पैसा र बिक्री दर २७ रूपैयाँ ९५ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ २३ पैसा र बिक्री दर ४३२ रूपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ३३ पैसा र बिक्री दर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिक्रिया