३१ असार २०८३, बुधबार

पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापा

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौं शंखमुलस्थित निवासमा प्रहरीले छापा मारेको छ । उक्त निवासमा रहेको नेचर हब इन्टरनेशनल नामक कम्पनीको कार्यालयमा बुधबार साँझ प्रहरीको टोलीले छापा मारेको हो ।

जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त तथा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका व्यावसायिक साझेदारसमेत हुनुहुन्छ ।

जोशीकै साझेदारको निवासमा रहेको नेचर हबको कार्यालयबाट सहकारी सम्बन्धी महत्वपूर्ण विवरणहरू भएको सर्भर बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वडीआईजी जोशीले बुधबार राति नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गर्नुभएको छ ।

इन्टरपोलको फरार सूचीमा रहनुभएका राईलाई पक्राउ गरी ल्याउन डिफ्यूजन नोटिससमेत जारी भइसकेको छ ।