२२ जेष्ठ २०८३, शुक्रबार

६० किलो सुन प्रकरण : अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । ६० किलो सुन तस्करी प्रकरणमा अमला रोकाविरूद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रोकाविरूद्व डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो। यो प्रकरणमा रोकाको मुख्य अभियुक्त रहेको बताइएको छ ।

उहाँका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ प्रहरीको हिरासतमा हुनुहुन्छ । श्रीमान दावा पक्राउ परेसँगै अमला फरार रहँदै आउनु भएको छ ।

अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ ।