१ श्रावण २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली भोलि रौतहट आउनुहुँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट २४ माघ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने हुनुभएको छ ।

एमालेको १० औ जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लाग्नु भएको हो । एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिनुभयो ।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ।

अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताउनु भएको छ ।