३१ जेष्ठ २०८३, आइतबार

सीमित नेताको मुठ्ठीमा देश कैद भयो : राजेन्द्र लिङ्देन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताउनु भएको हो ।

‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो । त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो,’ उहाँले भन्नुभयो ।

यही अवस्थामा देश रहन नसक्ने भन्दै उहाँले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने स्पष्ट पार्नुभयो ।

अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उहाँको भनाइ छ ।