
काठमाडौं, २४ माघ । रास्वपा सभापति रवि लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदलाई छेड्खानीको थलो बनाउन आग्रह गर्नुभएको हो । उहाँले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उहाँले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न समेत गर्नुभयो । यसैबीच लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गर्नुभएको छ ।
मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न उहाँले मौखिक प्रस्ताव गर्नुभएको हो । विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उहाँले आग्रह गर्नुभयो ।









प्रतिक्रिया