३२ असार २०८३, बिहिबार

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्टबाजी गर्‍यो : पदम गिरी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्टबाजी गरेको आरोप लगाउनु भएको हो ।

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न लागेको भन्दै उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्नमा लागेको छ । एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन ।’