२६ जेष्ठ २०८३, मंगलबार

सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ : गगन थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक जग्गा हडप्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँर्दै थापाले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि जग्गा हडप्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको हो ।

‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति गलत गर्नेले होस् दण्डित हुनुपर्छ। हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ’, उहाँले भन्नुभयो, ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ। जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन।’

कानुन मिच्ने शक्तिशालीलाई कारबाही भएमा मात्रै राज्य भएको कुराको प्रत्याभूति हुने उहाँको भनाइ छ ।

लोक रिझ्याइँ र स्टन्टबाजीका लागि मात्रै नहोस् भन्ने नागरिकको आवाज रहेको उहाँले बताउनुभयो । कानून कार्यान्यवनमा सरकारले खुट्टा कमाउनु नहुनेमा उहाँले जोड दिनुभयो ।