२ असार २०८३, मंगलबार

व्यवसायी अरूण चौधरीसहित तीनजना आज छुट्दै

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका व्यवसायी अरूण चौधरीसहित तीनजना आज रिहा हुने हुनुभएको छ ।

१० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि. का सञ्चालक सञ्जय ठाकुर आज रिहा हुन लाग्नु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार आज उहाँहरूलाई रिहा गर्न लागिएको हो।

सीआईबीले पक्राउ गरे पनि स्वास्थ्यको कारण देखाउँदै अरुण र अजितलाई भने हिरासतमा नराखी अस्पतालमा राखिएको थियो भने ठाकुर सीआईबीकै हिरासतमा हुनुहुन्थ्यो ।