११ असार २०८३, बिहिबार

प्रधानमन्त्री संसदमा अनुपस्थित हुने भएपछि अध्यक्ष ओलीको सम्बोधन स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने सम्बोधन कार्यक्रम स्थगित भएको छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार संसद सचिवालयले प्रधानमन्त्री आजको बैठकमा अनुपस्थित हुने जानकारी पठाएपछि अध्यक्ष ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको हो ।

संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले प्रधानमन्त्रीको उपस्थितीमा सम्बोधन गर्ने चलन छ ।

अध्यक्ष ओलीले आज ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको थियो ।