६ असार २०८३, शनिबार

डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, माघ २३ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलरको बढेको छ भने युरोको भाउ घटेको छ ।

सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने २२ पैसाले बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६० पैसा र बिक्री दर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको छ । सोमबार यसको खरिद दर १३२ रूपैयाँ ३८ पैसा र बिक्री दर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा तोकिएको छ । यो मूल्य सोमबारको तुलनामा ०७ पैसाले घटेको हो । यसअघि सोमबार युरोको खरिद दर १४२ रूपैयाँ ७९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार १ रुपैयाँ ६९ पैसाले घटेको बेलायती पाउण्ड सटर्लिङ आज पनि ३० पैसाले घटेको हो । मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६६ रूपैयाँ ९२ पैसा र बिक्री दर १६७ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । सोमबार यसको खरिद दर १६७ रूपैयाँ २२ पैसा र बिक्री दर १६७ रूपैयाँ ९८ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ २६ पैसा र बिक्री दर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३६ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ १० पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर मंगलबार २७ रूपैयाँ ९१ पैसा र बिक्री दर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ ८० पैसा र बिक्री दर ४३२ रूपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।