
बुटवल, २३ माघ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखि बस्ने भएको छ । लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गर्नुभएको हो ।









प्रतिक्रिया